काठमाडौं – साताको चौथो दिन आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले घटेर ९२ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मङ्गलबार छापावाला सुनको मूल्य ९२ हजार आठ सय रुपैयाँ थियो ।

तेजाबी सुनको मूल्य पनि तोलामा पाँच सय रुपैयाँले घटेर ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तैगरी चाँदीको मूल्य भने स्थिर रहेर तोलामा १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।