काठमाडौं – प्रदेश नम्बर २ को प्रदेशसभाको अधिवेशन आज बुधबार बिहान ११ बजेका बस्ने भएको छ । प्रदेश दुईका प्रदेश प्रमुख हरिशङ्कर मिश्रले प्रदेशसभाको आठौं अधिवेशन बुधबारका लागि आह्वान गर्नुभएको हो ।

प्रदेशसभा सचिवालयले जनाए अनुसार आजको बैठकमा प्रदेश प्रमुखको कार्यालयबाट आठौं अधिवेशनका लागि प्राप्त पत्र पढेर सुनाइने छ । आजदेखि सुरु हुने बैठकमा प्रदेशको नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पेस गरिने भएको छ भने केही अध्यादेशमाथि पनि छलफल हुने सम्भावित कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

आजदेखि सुरुहुने प्रदेशसभाको हिउँदे अधिवेशनमा काङ्ग्रेसका प्रदेशसभा सदस्यहरु पार्टीको १४ औं महाधिवेशनमा काठमाडौं रहेकोले बैठक औपचारिक रुपमा सिमित भै केही बेरपछि नै अर्को बैठक बस्ने मिति तोकेर स्थगित हुने सम्भावना छ ।