फाइल तस्वीर

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट अमेरिकामा मृत्यु हुनेको सङ्ख्या ८ लाख मानिसले ज्यान गुमाएको सार्वजनिक भएको छ । कोरोना सङ्क्रमणकै कारण एउटै देशमा यति धेरै मानिसको मृत्यु भएको हो ।

अमेरिकामा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङख्या पाँच करोड नाघेको छ । सन् २०२० को तुलनामा यो वर्ष (२०२१) मा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेमा अधिकांश खोप नलगाएका र बृद्ध उमेरका मानिसहरु रहेको समाचारमा जनाइएको छ ।

अमेरिकामा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमणकै कारण मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ । पछिल्लो करिब तीन महिनाको बीचमा एक लाख मानिसहरुले ज्यान गुमाएका छन् । गत वर्षको हिउँदपछि सबैभन्दा तीव्र गतिमा मृत्युका भएकोे यो सङ्ख्या ठूलो हो ।

अमेरिकामा दोस्रो विश्वयुद्धमा ज्यान गुमाउनेको सङ्ख्याभन्दा पनि कोरोना भाइरसको सङ्क्रमणको कारण मृत्यु हुनेको सङ्ख्या झण्डै दोब्बर छ । यति धेरै सङ्ख्यामा कोरोना भाइरसको सङ्क्रमणबाट कुनै पनि देशका नागरिकको ज्यान गएको छैन । कोभिड–१९ कै कारण ब्राजिलमा छ लाख १६ हजारभन्दा बढी र भारतमा चार लाख ७५ हजारभन्दा बढी नागरिकले ज्यान गुमाएका छन् ।