काठमाडौं – बागमती प्रदेशका नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले र नवनियुक्त राज्यमन्त्रीलाई मुख्यमन्त्री राजेन्द्र पाण्डेले शपथ ग्रहण गराउनुभएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अनुसार माओवादी केन्द्रका घनश्याम दाहाल श्रम, रोजगार तथा यातायात मन्त्री, विशाल खड्का वन तथा वातावरणमन्त्री र रत्नप्रसाद ढकाल युवा तथा खेलकुदमन्त्री नियुक्त हुनुभएको छ ।

त्यस्तै एकीकृत समाजवादी पार्टीका बसन्त मानन्धर खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री र बसुन्धरा हुमागाईं कृषि तथा पशुपंक्षी विकास मन्त्री नियुक्त हुनुभएको छ । त्यस्तै इन्द्रमाया गुरुङ कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री नियुक्त हुनुभएको छ ।