काठमाडौं – पछिल्लो २४ घण्टामा २ सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ३ सय ९२ जनाको पीसीआर परीक्षणमा २ सय २९ जना र ४ हजार ३ सय १७ एन्टिजेन परीक्षणमा ३५ जना गरी जममा २ सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

‘पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त हुनेको संख्या ३ सय ६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोहि अवधिमा कोरोना भाइरसको सङ्क्रमणबाट दुई जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय सङ्क्रमितको संख्या ५ हजार ६ सय ८९ रहेको छ ।