साङ्केतिक तस्वीर

ब्राजिल – ब्राजिलमा बाढीका कारण मृत्यु हुने व्यक्तिको सङख्या कम्तिमा दश पुगेको अधिकारीहरूले जनाएका छन् । यहाँका उद्धारसम्बन्धी अधिकारीहरूले ब्राजिलमा गएको छ दिनदेखिको बाढीका कारण कम्तिमा पनि दश जनाको ज्यान गएको र अरू केही व्यक्ति हराएको बताएका छन् ।

प्राप्त समाचारअनुसार यहाँका करिब २० हजार नागरिक घरबाट भागेर अन्यत्रै बसेका छन् । उनीहरू बाढीका कारण विस्थापित भएका बताइएको छ । बाढीका कारण यहाँका कैयौं क्षेत्रमा असर परिरहेको छ । यसबाट कम्तिमा पनि ५१ वटा सहरमा इमर्जेन्सी पनि घोषणा गरिएको छ । यहाँका केही सहरी र अधिकांश ग्रामीण क्षेत्रमा बिजुली छैन भने अविरल वर्षाका कारण छ दिन यतादेखि जनजीवन प्रभावित बन्दै गएको छ ।

धेरै स्थानमा सैनिक हेलिकोप्टरहरुले उद्धार गरिरहेका छन् । केही सहायता समग्री पनि हेलिकोप्टरहरुले पु¥याइरहेका बताइएको छ ।यहाँका मौसम विद्हरुले वर्षाको प्रकोप अझै रहेकाले घरबाहिर ननिस्किन भनिरहेका छन् । उनीहरूले वर्षा र आँधीको पनि सम्भावना रहेको बताएका छन् । रासस/सिन्ह्वा