एजेन्सी – इण्डोनेशियामा मङ्गलबार राती ७ दशमलव ६ तीव्रताको भूकम्प मापन गरिएको अमेरिकी भूगर्भ विभाग (यूएसजीएस)ले जानकारी दिएको छ । उक्त भूकम्प इन्डोनेसियाको फ्लोरेस टापुको माउमेरेबाट ९ सय ९२ किलोमिटर उत्तरमा गएको थियो ।

यूएसजीएसले फ्लोरेस सागरमा १८ दशमलव ५ किलोमिटर गहिराइमा भूकम्प गएको जनाएको छ । प्यासिफिक सुनामी चेतावनी केन्द्रले प्रारम्भिक भूकम्प मापदण्डको आधारमा भूकम्पको केन्द्रबिन्दुको हजार किलोमिटर भित्र रहेका तटहरुमा खतरनाक सुनामीका छालहरु सम्भव भएको जानकारी साझा गरेको छ ।