काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ४१ जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । १३ हजार २ सय ३६ जनामा गरिएको नमूना परीक्षणमा ३ सय ४१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

सोही अवधिमा ३ जनाको मृत्यु भएको छ भने ३ सय ७६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । हाल देशभर ५८२४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।