फाइल तस्वीर ।
काठमाडौं — नेपालले आगामी डिसेम्बर २१ देखि २९ तारिखसम्म बङ्गलादेशको ढाकामा आयोजना हुन लागेको एसियन सेन्ट्रल जोन महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि नेपाली महिला टोलीको घोषणा भएकोे छ । नेपाल भलिबल संघले आइतबार बन्द प्रशिक्षणमा रहेका १५ खेलाडीबाट अन्तिम १२ जना टोलीको नाम सार्वजनिक गरेको हो ।


एसियन सेन्ट्रल जोन महिला भलिबल खेल्न जाने नेपाली टोली अरुणा शाहीको कप्तानीमा रहेको भएको छ । टोलीमा समावेश अन्य खेलाडीहरु प्रतिभा माली, सरस्वती चौधरी, शान्ति थारु, मनिषा चौधरी, उषा भण्डारी, सफिया पुन, सुनिता खड्का, कृपा अधिकारी, कामना विष्ट, लक्ष्मी चन्द र सलिना श्रेष्ठ रहेका छन् ।

लक्ष्मी चन्द पहिलो पटक महिला राष्ट्रिय टोलीमा पर्न सफल भएकी हुन् । त्यसैगरी कृपा अधिकारी र मनिषा चौधरी भने पुनः टोलीमा समावेश भएका छन् । साविक विजेता महिला टोलीले यसपटक उपाधि रक्षा गर्ने लक्ष्यका साथ लामो समयदेखि तयारी गरिरहेको प्रशिक्षक जगदीश भट्टले बताएका छन् । नेपाल सन् २०१९ मा बङ्गलादेशमै भएको सेन्ट्रल जोनमा एक सेट पनि नगुमाई च्याम्पियन बनेको थियो । नेपाल यस पटक पनि एसियन सेन्ट्रल जोन महिला च्याम्पियन बन्ने दाउमा रहेको छ ।