साङ्केतिक तस्वीर ।
सिन्धुपाल्चोक – सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी चालकको मृत्यु हुनुको साथै आठ जना गम्भीर घाइत भएको प्रहरीले जनाएको छ । बलेफी – ५ का सन्तोष भूजेलको बिहेको जन्ती लिएर बस काभ्रेको भुम्लु जाँदै थियो । सिन्धुपाल्चोकको बलेफी – ४ मा जन्ती लिएर गएको बा २ ख ५६१४ नम्बरको बस दुर्घटना भएको हो ।

शनिबार राती भएको दुर्घटना परी बसका चालक बलेफी–६ का राजु तामाङको मृत्यु भएको हो । सोही दुुर्घटनामा परी घाइते भएका आठ जनाको खाडीचौर स्वास्थ्य चौकी र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।