काठमाडौं – शनिबार मुलुकभर पछिल्लो २४ घण्टामा थप दुई सय ३६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ भने ३ सय ७ जना उक्त सङ्क्रमणबाट मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । चौवीस घटामा ५ हजार ६ सय ७२ जनाको पीसीआर विधि र ३ हजार ५ सय ६ जनाको एन्टिजेन परीक्षण विधिबाट कोरोना भाइरसको सङ्क्रमण भए नभएको परिक्षण गरिएको थियो ।


मन्त्रालयले जनाकारी गराए अनुसार पछिल्लो २४ घण्टामा १ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यो सङ्ख्यासँगै नेपालमा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट ११ हजार ५ सय ५३ जना पुगेको छ । हाल नेपालमा ५ हजार ८ सय ८३ जना कोरोना भाइरसका सक्रिय सङक्रमित रहेका छन् ।


काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ सय २१ जना सङक्रमित देखिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ८४ जना, ललितपुरमा ३२ जना र भक्तपुरमा ५ सङ्क्रमित थपिएका हुन् ।