कोरोना भाइरसविरुद्धको दुई मात्रा लगाएर मात्रै कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमणबाट जोगिन नसकिने बेलायती वैज्ञानिकले चेतावनी दिएका छन् । बेलायतका वैज्ञानिकले ओमिक्रोन र डेल्डा भेरियन्टलाई लिएर गरेको प्रारम्भीक विश्लेषणमा ओमिक्रोन भेरियन्टको संक्रमणबाट जोगिनका लागि खोपको दुई मात्रा पर्याप्त नदेखिएको हो ।

तर बुस्टर अर्थात तेस्रो मात्राको खोप लगाउँदा ७५ प्रतिशत व्यक्तिमा सङ्क्रमणको नदेखिएको वैज्ञानिकले बताएका छन् । यसको अर्थ तेस्रो मात्रा खोप ओमिक्रोन भेरियन्टविरुद्ध प्रभावकारी हुने उनीहरुको भनाइ छ । यसअघि फाइजर एण्ड बायोएनटेकले आफूहरुको खोप फाइजरको तेस्रो मात्रा ओमिक्रोनविरुद्ध प्रभावकारी देखिएको बताएको थियो ।

दक्षिण अफ्रिकामा पहिलोपटक देखिएर हाल विश्वका विभिन्न देशमा फैलिने क्रममा रहेको ओमिक्रोन भेरियन्ट अहिलेसम्म सबैभन्दा बढी उत्परिवर्तन (म्युटेशन) भएको हो । यो भेरियन्ट अघिल्ला भन्दा बढी सङ्क्रामक रहेको देखिएको छ । तर हाल भएका खोपले काम गर्ने वा नगर्ने या बुस्टर मात्रा लगाउँदा कति कम गर्छ भन्ने अझै विस्तारित रुपमा स्पष्ट हुन सकेको छैन ।