एजेन्सी – मेक्सिकोमा सडक दुर्घटनामा बिहीबार कम्तीमा ५३ आप्रवासीहरूको मृत्यु भएको छ । दक्षिणी राज्य चियापासमा ट्रक रिटेनिङ पर्खालमा ठोक्किएर उक्त दुर्घटना भएको हो । चियापास संयुक्त राज्य अमेरिका जान खोज्नेहरूका लागि प्रमुख ट्रान्जिट विन्दु हो ।

प्रारम्भिक रिपोर्ट अनुसार दुर्घटनामा अन्य ५८ जना पनि घाइते भएका छन् । अहिलेसम्म ५३ जनाको मृत्यु भइसकेको र तीन जना गम्भीर घाइते भएको स्थानीय कार्यालयले जनाएको छ । बाँचेकाहरूको बयान उदृत गर्दै लुइस म्यानुएल गार्सियाले मृतकहरु मध्ये अधिकांश ग्वाटेमालाका भएकोे जानकारी दिए ।

गाडीको तीव्र नियन्त्रण गुमाएका कारण दुर्घटना भएको अधिकारीहरुले जनाएका छन् । स्थानीय टेलिभिजनहरूले ठूलो संख्यामा एम्बुलेन्सहरू, अग्निनियन्त्रकहरू र उद्धारकर्मीहरू दुर्घटनाग्रस्त गाडीको वरिपरि भेला भएको देखाएका छन् ।