उदयपुर – बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरबाट ६० वर्षका पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । ११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा त्रियुगा नगरपालिका–१० बस्ने ६० वर्षीय टेक बहादुर सार्कीलाई बिहीबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
बालिकालाई जबरजस्ती करणी गरेको भन्ने सुराक पाएपछि जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । आरोपीबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।