काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बिहीबार प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज शुक्रबार प्रतितोला ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

हिजोको तुलनामा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ रहेको छ । यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । हिजो प्रतितोला १ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय ८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ ।