काठमाडौं – नेपालमा आज बिहीबार पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट दुई सय ११ जना सङ्क्रमित भएका छन् । आठ हजार १८ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा एक सय ९७ जना र एन्टीजेन विधिबाट १ हजार ४ सय ३३ जनाको परीक्षण गर्दा १४ जना गरी जम्मा दुई ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयलले जनाएको छ ।

बिहीबार पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट २ जनाको मृत्यु भएको छ भने योसँगै नेपाल मृत्यु हुनेको सङ्ख्या ११ हजार ५४९ पुगेको छ तीन सय २९ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा अहिलेसम्म ८ लाख ५ हजार नौ सय जना कोरोना भाइरसको सङ्क्रमणबाट निकोभएको मन्त्रालयले जनाएको छ । बिहीबार थपिएको सङ्ख्यासँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको कुल सङ्ख्या नौं लाख १९ हजार दुई सय ५५ पुगेको छ ।


मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार १ सय ५ जना रहेका छन् । जसमध्ये ५ हजार आठ ३३ जना होम आइसोलेसनमा छन् भने २ सय ७२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यसमध्ये १ सय २१ जना आईसीयू र ३० जना भेन्टिलेटरमा उपचाररत् छन् ।


यस्तै १० वर्ष मुनिका ६ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १९ जना कोरोना सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ ।