काठमाडौं – लमजुङमा जीप दुर्घटना हुँदा एक शिक्षक र दुई विद्यार्थी गरी तीन जनाको मृत्यु भएको छ । मर्स्याङ्दी गाउँपालिका – २ मा उक्त जीप दुुर्घटनामा परी मृत्यु हुनेमा गणेश माध्यमिक विद्यालयका शिक्षक कमल राना र विद्यार्थीद्वय गणेश भण्डारी र प्रमिशा गुरुङ रहेको प्रहरीले जनाएको छ ।


दुर्घटनामा परेर ९ जना घाइते भएका छन् । गणेश माविका शिक्षक र विद्यार्थी शैक्षिक भ्रमणको रुपमा घुम्न गएका थिए । शिक्षक र विद्यार्थी बोकेको जीप दुर्घटनामा परेको प्रहरीको भनाइ छ ।