बुटवल – गैंडाको खागसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । बुटवल उप–महानगरपालिका–५ स्थित हरियाली होटल एण्ड लजको ११८ नम्बरको कोठामा बसेका उनीहरुलाई ४ ईन्च गोलाई र ४ ईन्च लम्बाईको गैंडाको खाग सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।


पक्राउ परेका अभियुक्त माथि थप अनुसन्धान भइरहेको बुटवलस्थित ईलाका प्रहरी कार्यालयले जनाएको छ । पक्राउ पर्नेमा अर्घाखाँची छत्रकोट गाउँपालिका–७ सूर्यथुम बस्ने ४८ वर्षीय नरबहादुर सुनार, ५८ वर्षका पदम सुनार र सोही गाउँपालिका–५ रानीचाप बस्ने २८ वर्षीय सुमन न्यौपाने रहेको प्रहरीले जनाएको छ ।