काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डको रिक्त अध्यक्षको नियुक्तिका लागि सिफारिसमा परेकाहरुको संक्षिप्त सूचीसहित अन्तर्वार्ताको मिति तय भएको छ । अध्यक्षको नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले आवेदकमध्ये पाँच जनालाई संक्षिप्त सूचीमा समावेश गरेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको विवरणानुसार प्रा.डा घनश्याम भट्टराई, दुर्गाप्रसाद पाण्डे, प्रा.डा महानन्द चालिसे, डा महाश्रम शर्मा र प्रा.डा शोभाखर कँडेललाई सो सूचीमा राखेको छ ।

सूचीमा रहेका उम्मेदवारलाई अवधारणापत्र–कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि क्रमशः आगामी पुस १ र २ गते लोकसेवा आयोगको केन्द्रीय कार्यालयमा समय निर्धारण गरिएको छ । रासस