स्पेनिस क्लब बार्सिलोना जर्मन क्लब बार्यन म्युनिखसँग लज्जास्पद हार व्यहोर्दै १७ वर्ष पछि पहिलो पटक नकआउट चरणमा नपुग्दै बाहिरिएको छ । समूह ई मा रहेको बार्सिलोना बुधबार राति भएको खेलमा जर्मन क्लब बार्यन म्युनिखसँग ३–० गोलको अन्तरले हार व्यहोर्दै भ्याम्पियन्स लिग फुटबलको समूह चरणबाटै बाहिरिएको हो । बुधबार राति भएको खेलमा बार्यन म्युनिखका लागि थोमस मुलर, लिरोय साने तथा मुसिएलाले गोल गरेका हुन् । पाँचपटकको युरोपियन विजेता बार्सिलोना सन् २००४ को सिजनमा प्रतियोगिताकै लागि छनौट हुन कसेको थिएन ।

पराजित भएको बार्सिलोना समूहको शीर्ष दुईमा अटाउन नसक्दा नकआउट चरणमा पुग्न असफल भयो । बार्सिलोनालाथि अर्जेन्टिनी खेलाडी लियोेनल मेस्सीले क्लब छोडे पछि बार्सिलोनाले यो सिजनमा खराब प्रदर्शन गरिरहेको छ । बार्सिलोनाले कम्तिमा पनि बार्यनसँग बराबरीमा खेल्न सकेको भए नकआउट चरणमा पुग्ने बलियो सम्भावना थियो ।

चालु लिगका सबै खेल जित्दै बार्यन १८ अङ्कसहित समूहको शीर्ष स्थानमा रहेको छ । यसैगरी बेन्फिका ८ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । उसले डिनामो किएभलाई २–० गोलको अन्तरले पाखा लगाएर नकआउट चरणमा प्रवेश गरेको हो । यता बार्सिलोनाको भने जम्मा ७ अङ्क सहित तेस्रो स्थानमा हुँदा नकआउन चरणमा पुग्नबाट बञ्चि भयो । समूहबाट पहिलो र दोस्रो हुने टिम नकआउट चरणमा प्रवेश गर्ने पाउने थिए ।