काठमाडौं – लक्ष्मी बैंकले आफ्ना दुई नयाँ शाखा सञ्चालनमा ल्याएकोे छ । उक्त शाखा सुनसरी जिल्लाको इनरुवा नगरपालिका–१ को शान्ति चोक र मोरङ जिल्लाको उर्लाबारी नगरपालिका–५ को उर्लाबारी चोकमा छन् ।साथै, लक्ष्मी बैंकले आफ्नो ९ औं एक्स्टेन्सन काउन्टर जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका–८ स्थित सेपुखोलामा स्थापना गरेको छ ।

यी शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य राखेको छ ।

यस नयाँ शाखाको सुरुवातसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४० शाखा, ९ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७० एटिएम, २५०० भन्दा बढी रेमिटेन्स् एजेन्ट तथा ६३ शाखारहित बैंकिङ एजेन्ट पुगेको बैंकले बताएको छ ।