च्याम्पियन्स लिग फुटबल अन्तर्गतको खेलमा इटालियन क्लब युभेन्टसले माल्मो एफएफलाई हराउँदै समूह विजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको छ । समूह एफ अन्तर्गत बुधबार राति भएको खेलमा माल्मो एफएफलाई १–० ले पराजित गरेर पछि चेल्सीलाई पछि पार्दै युभेन्टस समूह विजेता बनेको हो । घरेलु मैदानमा भएको खेलमा युभेन्टसका लागि १८ औं मिनेटमा माइज केनले गरेको गोल नै आफ्नो टिमको जित सुनिश्चित बन्यो ।

युभेन्टस १५ अङ्कसहित शीर्ष स्थानमा रहँदा जेनिट सेन्ट पिटर्सबर्गसँग ३–३ को बराबरीमा रोकिएको चेल्सी भने १३ अङ्क सहित दोस्रो स्थानमा रहन बाध्य भयो । यसैबीच समूह एफ अन्तर्गतको खेलमा म्यानचेस्टर युनाइटेड योङ ब्वोइजसँग १–१ बराबरीमा रोकियो । बराबरीमा रोकिए पनि ११ अङ्कसहित समूह विजेताका रुपमा युनाइटेड अन्तिम १६ मा पुगेको छ ।