एजेन्सी – इङ्ग्लिस क्लब टोटेनहमका आठ जना खेलाडीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । टोटेनहमका मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले आठ खेलाडीमा कोरोना सङ्क्रमण भएको जानकारी दिएका छन् ।

प्रशिक्षक कोन्टेले पाँच जना कर्मचारीमा पनि कोरोना सङ्क्रमण देखिएको बताए । युरोपा कन्फेरेन्स लिगअन्तर्गत रेनसविरुद्धको खेलअघि टोटेनहमका खेलाडीमा कोरोना देखिएको हो ।

टोटेनहमले बिहीबार रेनससँग खेल्ने तालिका छ । युईएफएले उक्त खेल तोकिएको मितिमै हुने जनाएको छ ।