काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४७ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा ३ सय ६६ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । हाल देशभर ६ हजार २ सय ३९ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा ९ हजार १ सय ६८ पीसीआर तथा ३ हजार ६ एन्टिजेन परीक्षण भएको छ ।