काठमाडौं – साताको चौथो दिन आज पनि सेयर बजार ओरालो लागेको छ । सेयर बजार आज ५३ दशमलव ३१ अङ्कले ओरालो लागेको हो । सेयर बजार ५३ दशमलव ३१ अङ्कले ओरालो लाग्दा नेप्से परिसूचक २ हजार ४५५ दशमलव ६० विन्दुमा सीमित भएको छ ।

सेयर बजारसँगै कारोबार रकम पनि ओरालो लागिरहेको छ । आज ६५ लाख ६० हजार ९४७ कित्ता सेयर २ अर्ब ६६ करोड ३९ लाख ९ हजार ६२० रुपैयाँमा कारोबार भएको छ । हिजो मंगलबार ३ अर्ब १२ करोड ८३ लाख ४१ हजार ७ सय रुपैयाँको कारोबार भएको थियो।

आज सबै उपसमूह राताम्मे छन् । कम्पनीतर्फ भने अजोड इन्स्योरेन्स १ दशमलव ०३ प्रतिशत, फरवाड माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेड ० दशमलव ११ प्रतिशत र मैलुङ खोला जल विद्युत कम्पनी लिमिटेड १ दशमलव ८९ प्रतिशतले बढेका छन्।