काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेको जानकारी दिएको हो । मूल्य बढेसँगै छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ पुगेको छ । यस्तै, छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ८ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

सुनको मूल्य बढेको दिन आज चाँदीको मूल्य पनि उकालो लागेको छ । तोलामा १० रुपैयाँले बढेसँगै चाँदीको मूल्य प्रतितोला आज १ हजार २ सय रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।