एजेन्सी – बलिउड अभिनेत्री कट्रिना कैफको बिहेस्थल सुरक्षाको जिम्मा सलमान खानका बडिगार्ड शेरालाई दिइएको छ । सलमान र कट्रिना साथी हुन् । आफ्नी साथीको बिहेमा सलमानले नै शेरालाई सहयोगका लागि अह्राएका भारतीय मिडियाले लेखेका छन् । खासमा शेरा आफ्नै सिक्योरिटी कम्पनी चलाउँछन् । उनले चलाउने कम्पनीको नाम टाइगर सिक्योरिटी हो ।

सलमानका बडिगार्ड शेरा र अभिनेत्री कट्रिना कैफ । विक्की कौशल र कट्रिनाको बिहेमा भारतकै विभिन्न राज्य र विदेशदेखि तरकारी मगाइएको छ । बिहेमा भेन्यु सिक्स सेन्सेस फोर्टको सिक्योरिटीको पूरै चार्ज अब शेराको हातमा छ । भेन्युमा कैयौँ बलिउड सेलिब्रिटी र भीआईपी पाहुना आउने बताइएको छ । त्यसैले शेराको कम्पनीसँगै बरवाडा पुलिसले पनि सुरक्षामा सघाउने छ । कट्रिना र विक्कीको बिहे यही ९ डेसेम्बरमा राजस्थानको बरवाडामा हुने तय छ ।