काठमाडौं– नेपालमा मुलुकभर गरी पछिल्लो २४ घण्टामा तीन सय १५ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । देशका विभिन्न प्रयोगशालाहरुमा पछिल्लो २४ घण्टामा ९ हजार ३ सय ८६ जनाको पीसीआर विधि तथा २ हजार ४ सय २४ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमित भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार कोरोना भाइरसबाट सङ्क्रमित भएका मध्ये पछिल्लो २४ घण्टामा २ जनो मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ४५ पुगेको छ ।


काठमाडौं उपत्यकामा आज मङ्गलबार एक सय २२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टिभएको छ । जसमध्ये काठमाडौंमा ८२ जना, ललितपुरमा ३१ जना र भक्तपुरमा ९ जना नयाँ सङ्क्रमित थपिएको मन्त्रालयले जनाएको छ ।


यसैगरी आज मङ्गलबार ३ सय ४ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । हाल देशभर ६ हजार ३ सय ५२ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।