काठमाडौं– साताको तेस्रो दिन मङ्गलबार छापावाल सुनको मूल्यमा सामान्य गिरावट आएको छ । सोमबार स्थिर रहेको छापावाला सुनको मूल्य प्रतितोलामा दुई सय रुपैयाँले घटेर ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेकोे नेपाल सुनचाँदी व्यवहायी महासंघले जनाएको छ । हिजो सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँमा कारोवार भएको थियो ।


त्यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोलामा दुई सय रुपैयाँले नै घटेर ९१ हजार तीन सय रुपैयाँमा कायम भएको छ । हिलो ९१ हजार पाँच सय रुपैयामा कारोबार भएको थियो ।


यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर ११ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सोमबार चाँदीको मूल्य प्रतितोला एक हजार दुई समय रुपैयाँमा कारबार भएको नेपाल सुनचाँदी व्यवहायी महासंघले जनाएको छ ।