साङ्केतिक तस्वीर ।
ललितपुर – श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । रामेछाप मन्थली नगरपालिका–१२ गेलु घर भएका ३५ वर्षीय एक्काराज भुजेल प्रहरीले शुक्रबार ललितपुर महानगरपालिका–१० कुपण्डोल डेराबाट पक्राउ गरेको हो ।

भुजेलले ३५ वर्षीया श्रमीतीलाई घाँटीमा कपडाले कसी मारेको अनुसन्धानका क्रममा खुलेको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ ।पक्राउ परेका भुजेलमाथि कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।