काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा २ सय ६५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७ हजार ११४ पीसीआर तथा १ हजार ५०३ एन्टिजेन परीक्षण भएकोमा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो ।


स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ४३ पुगेको छ । सोमबार ३ सय ५७ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् । हाल देशभर ६ हजार ३ सय ८६ सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।


काठमाडौं उपत्यकामा आज सोमबार १ सय १२ जना कोरोना भाइरसबाट सक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा ७९ जना, ललितपुरमा २३ जना र भक्तपुरमा १० जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।