फाइल तस्वीर ।

काठमाडौं– बङ्गलादेशमा आगामी डिसेम्बर २१ देखि २९ तारिखसम्म हुन लागेको एभीसी एसियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपका लागि नेपाल भलिबल सङ्घले दोस्रो चरणका लागि १६ खेलाडीको छनोट गरेको छ । मुख्य प्रशिक्षक हान एबिङको प्रशिक्षणमा रहेको प्रारम्भिक टोलीमा रहेका २० जना खेलाडीमध्येबाट दोस्रो चरणमा १६ खेलाडीहरु छानिएका छन् ।


दोस्रो चरणका लागि छानिएका १६ जना खेलाडीहरुमा इमबहादुर राना, धनबहादुर भट्ट हरिहजुर थापा, मानबहादुर श्रेष्ठ, क्षेत्री, राजेन्द्र विष्ट, रवीन चन्द, दुर्गाबहादुर खड्का, धिरज बस्नेत, टेकराज अवस्थी, ईश्वर थापा, हरिबहादुर अधिकारी, भैरव बम, दीपकराज जोशी, विशाल विक, सरन सामरी क्षेत्री र विनोद चन्द रहेका छन् । यी मध्येबाट बङ्गलादेश जाने टिमको लागि १२ जना खेलाडी छनोट गरिने छ । नेपाल भलिबल सङ्घले अर्को साता अन्तिम १२ खेलाडी सम्मिलित राष्ट्रिय टिमको घोषणा गर्ने भएको छ ।