एजेन्सी – जोर्डनको एक अदालते कोभिड– १९ को महामारीको समयमा अक्सिजन नपाएर १० जनाको मृत्यु भएको विषयमा फैसला सुनाएको छ । उक्त प्रकरणमा अदालतले एक अस्पतालका प्रमुख अधिकारीसहित पाँच जनालाई दोषी ठहर गरेको छ । उनीहरूलाई तीन वर्षको जेल सजाय सुनाइएको बीबीसीले जनाएको छ । उक्त प्रकरणमा ती पाँच जना व्यक्ति जिम्मेवार रहेको अदालतको ठहर छ ।

गत मार्चमा भएको उक्त मृत्युका कारण त्यहाँ निकै ठूलो आक्रोश सिर्जना भएको थयो । जसका कारण त्यहाँका स्वास्थ्यमन्त्री नाथिर ओबेदतले पदबाट राजीनामा दिनुपरेको थियो । उक्त प्रकरणमा मानिसरहरूले सरकार हटाउनुपर्छ भन्दै विरोध प्रदर्शन पनि गरेका थिए । त्यसक्रममा सयौँ व्यक्ति पक्राउ परेको बीबीसीले जनाएको छ ।