काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ९ सय ९५ पीसीआर विधि र २ हजार ७ सय ५२ एन्टिजेन विधिबाट परीक्षण गर्दा २ सय ५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

आइतबार पछिल्लो २४ घण्टामा ४ सय ३६ जना कोरोना भाइरसको सङ्क्रमणबाट मुक्त भएका छन् भने एक जनाको उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार ५ सय ४१ पुगेको छ । हाल देशभर ६ हजार ५ सय ७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।