काठमाडौं – प्रहरीले सुन तस्करीमा सहयोग गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना प्रहरी जवानलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरोमा कार्यरत प्रहरी जवान राजेन्द्र केसीलाई उक्त आरोपमा पक्राउ गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक महेश भट्टराईले जानकारी दिए ।

भट्टराईका अनुसार त्रिभुवन विमानस्थलमा सुन आयातमा कडाइ गरेपछि प्रहरी जवान केसीले सुन पास गराउन सहयोगी भूमिका खेलेको भन्दै पक्राउ गरिएको हो । शनिबार पक्राउ परेका केसीलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।