काठमाडौं – पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय ३८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । छ हजार ७ सय ९७ वटा स्वाब नमुनाको परीक्षण गरिएकोमा २ सय ३८ जनामा सङ्क्रमण पुष्टि भएको हो । पाँच हजार २ सय ९५ नमुनाको पीसीआर परीक्षण गर्दा २ सय २० र एक हजार ५ सय २ नमुनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणका कारण देशभर पाँचजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ५ सय ४० जना पुगेको छ ।

सोहि अवधिमा देशभर ३ सय ९२ जना निको भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ८ लाख ४ हजार १ सय ८ पुगेको छ । हाल देशभर कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ६ हजार ७ सय ४४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।