सांकेतिक तस्बिर

पर्वत – पर्वत जिल्लाको कुश्मा नगरपालिकाको वडा नं. ८ अन्तरगत चुवाको पराधिमा आज बिहान बसले ट्याक्टरलाई ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । पोखराबाट पर्वततर्फ आउँदै गरेको ग १ ज ००९८ नम्बरको बसले सोही दिशाबाट आउँदै गरेको को २ त ६४२७ नम्वरको ट्याक्टरलाई ठक्कर दिँदा उदयपुरको चौवन्दी गाउँपालिकाका १८ वर्षीय विशाल लामिछानेको घटनास्थलमै मृत्यु भएको हो ।

ट्याक्टरमा मध्य पहाडी लोकमार्गका मजदुर सवार थिए । उनीहरुमध्ये पाँचजना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । प्रहरी निरीक्षक अधिकारीका अनुसार १४ जना सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पर्वत र गम्भीर घाइतेलाई पोखरा पठाइएको छ । बस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनाको थप अनुसन्धान भइरहेको छ। –रासस