काठमाडौं – आज शुक्रबार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमणका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले जनाए अनुसार देशभर आज थप दुई सय ४६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौं उपत्यकामा ९३ जनामा सङ्क्रण पुष्टिभएका मध्ये काठमाडौंमा ५५ जना, ललितपुरमा २९ जना र भक्तपुरमा ९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।


गत चौबीस घण्टामा ६ हजार ४ सय जनाको पीसीआर तथा १ हजार ४ सय ३६ जनाको एन्टिजेन विधिबाट कोरोना भाइरसको सङ्क्रमण परीक्षण गर्दा दुई सय ४६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।


आज शुक्रबार कोरोना भाइरसको सङ्क्रमणबाट ३ सय ४७ जना मुक्त भएका छन् भने हाल देशभर ६ हजार ९ सय २१ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।