काठमाडौं – नेपाली चलचित्र ईओजी (एरर्स अफ गड) को टिजर सार्वजनिक गरिएको छ । प्रकु पाण्डेद्वारा निर्देशित उक्त सिनेमा कलासी प्रोडक्सनले बनाएको हो । यस चलचित्रको टिजर ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।

चलचित्रमा विकाश जोशी, राज न्यौपाने, घनश्याम जोशी, ममता लामिछाने, सुचित्रा उप्रेती, भोलाराज सापकोटा, विजय बराल, कमलमणि नेपाल, प्रतीक दुलाल, अस्मिता खनाल लगायत पचासभन्दा बढी कलाकारहरुले अभिनय गरेका छन् ।

सङ्गीत सापकोटाको लेखन र सगुन पोख्रेलको लगानिमा निर्माण भएकोे यस चलचित्रमा आफ्नो सबै शक्ति गुमाएर पृथ्वीलोकमा साधारण मानवको रुपमा आएका भगवानको कथालाई मनोरञ्जनात्मक ढङ्गमा प्रस्तुत गर्ने प्रयास गरिएको छ ।

यस चलचित्रमा क्राइसिस ज्याक (कृष्ण) द्वारा छायाँङ्कन गरिएको यस चलचित्रमा रोमी मोसेस तण्डुकारले सम्पादन र शक्ति राईले कला निर्देशन गरेका छन् ।