काठमाडौं – साताको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएकोमा आज शुक्रबार २ सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम भएको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँ कायम भएको छ । यस्तै चाँदीको मूल्य भने आज स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार १ सय ९० रुपैयाँ कायम भएको छ । बिहीबार पनि चाँदीको सोही मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाउको छ ।