काठमाडौं – अभिनेत्री पूजा शर्मा र मोडेल प्रदीप लामा अभिनित गीत ‘जुलेबी’ सार्वजनिक भएको छ । प्रेमकथा देखाउन खोजिएको भिडियोमा पूजा र प्रदीपको रोमान्स सुहाउँदो छ ।

अस्मिता अधिकारी र अमृत घोेले लामाकोे स्वर, शंकर थापा ‘स्माइल’को शब्द रहेको गीतमा गणेश शाहीकोे संगीत छ । भिडियोेको कोेरियोेग्राफी तथा निर्देशन समेत प्रदीप लामाले नै गरेका हुन् । सुशान प्रजापतिकोे छायाङ्कन, कृष्ण भण्डारीकोे सम्पादनमा भिडियो रहेको छ ।