जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा)को प्रदेश २ अध्यक्षमा रामबाबु यादव चयन हुनुभएको छ । यादव बाराको निर्वाचन क्षेत्र नम्बर ३ बाट संघीय संसद्मा निर्वाचित सांसद हुनुहुन्छ ।

यस्तै, जसपाको प्रदेश २ उपाध्यक्षमा ५ जनालाई चयन गरिएको छ । उपाध्यक्षमा रामपृत पासवान, शम्भु झा, शेषनारायण यादव, बृजमोहन तिवारी र रामसेवक यादवलाई चयन हुनुभएको छ ।

यस्तै, मुख्य सचिवमा दिनेशकुमार यादव र तीनजना सचिवमा युसुफ अलि, निरा साह र शैलेशकुमार साहलाई चयन भएका छन् भने प्रदेश समितिको कोषाध्यक्षमा रेणु यादव चुनिनुभएको छ ।