काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा थप ३ सय १६ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर १२ हजार ७ सय २७ नमुना परीक्षण गरिएको थियो । पछिल्लो २४ घण्टामा २ सय ५९ जना सङ्क्रमणमुक्त भएका छन् भने ३ जनाको मृत्यु भएको छ ।