काठमाडौं – नेपाली बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेर रु ९१ हजार ५सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ तोकिएको छ ।
त्यस्तैगरी आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँच रुपैयाँले घटेर एक हजार २ सय तोकिएको महासङ्घले जनाएको छ ।