काठमाडौं – साताको तेस्रो कारोबार दिन आज नेप्से परिसूचक १ दशमलब ६४ अङ्कले घटेको छ । बिहान २ हजार ६ सय ३० दशमलव ३२ बिन्दुबाट सुरु भएको बजार ० दशमलव ०६ प्रतिशतले घटेर २ हजार ६ सय २८ दशमलव ३७ बिन्दुमा पुगेर बन्द भएको छ । आज बजार घटे पनि सेन्सेटिभ इन्डेक्स ० दशमलव १८ अंकले बढेर ४ सय ९५ दशमलव ६३ बिन्दु कायम भएको छ ।

यस्तै, कारोबारमा आएका २ सय २५ वटा कम्पनीको ३ अर्ब ८ करोड ९० लाख ४१ हजार रुपैयाँबराबरको ६४ लाख ४७ हजारभन्दा बढी शेयर खरिदबिक्री भएको छ ।साथै, १३ वटा समूहको सूचकमध्ये ६ वटा समूहको सूचक बढेको छ भने ७ वटा समूहको घटेको छ । यस्तै, आज डेभलपमेन्ट बैंक र ननलाइफ इन्स्योरेन्स समूहको सूचक सर्वाधिक ० दशमलव ८३ प्रतिशतले वृद्धि हुँदा लाइफ इन्स्योरेन्स समूहको ० दशमलव ५ प्रतिशतले घटेको छ ।

यस्तै, कारोबारमा आएका २ सय २५ वटा कम्पनीमध्ये ८९ वटा कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाउँदा ८६ वटा कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस दिन बजार घटे पनि सामलिङ पावर कम्पनी र ङादि हाइड्रोपावरको शेयर मूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । ती कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३८ रुपैयाँ र ३१ रुपैैयाँले बढेर क्रमशः ४ सय १९ रुपैयाँ र ३ सय ४१ रुपैयाँ कायम भएको छ । साथै, सर्वाधिक कारोबार भने आईसीएफसी फाइनान्स लिमिटेडको भएको छ । यस कम्पनीको १६ करोड २ लाखभन्दा बढी कित्ता शेयर खरिदबिक्री हुँदा शेयर मूल्य प्रतिकित्ता ८ सय ९० रुपैयाँ पुगेको छ ।