काठमाडौं – साताको दोस्रो दिन आज सोमबार सुनको मूल्यमा केहि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाला सुनको मूल्य तोलाको ९२ हजार एक सय रुपैयाँ थियो । तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले घटेर ९१ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।