फाइल तस्वीर
काठमाडौं — आज सेयर बजारमा परिसूचक नेप्सेमा तीन अङ्कको गिरावट आएको छ । गत मङ्गलबार १ दशमलव ८९ अङ्कले वृद्धि हुँदै २७ सय ३५ बिन्दुमा पुगेको नेप्से सूचक आज पुनः ३ दशमलव २२ अङ्कले घट्दै २७ सय ३१ दशमलव ७८ बिन्दुमा झरेको हो । तीन अङ्कले घटेको बजारमा तीन अर्ब ७८ करोडको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

यसदिन बैंकिङ, होटल एण्ड टुरिजम र अन्य उपसमूह धनात्मक हुँदा अरु सबै उपसमूह ऋणात्मक भएका छन् । यसदिन सम्बृद्धि फाइनान्स कम्पनी लिमिटेडका लगानीकर्ताहरूले अधिकतम ९ दशमलव २५ प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयरधनीहरूले ६ दशमलव ९३ प्रतिशतले गुमाएका छन् ।