काठमाडौं —निर्माता सन्तोष सेनको ‘प्रेम गीत ३’ फिल्म आगामी फागुनमा रिलिज हुने पक्का भएको छ । सन्तोष सेनको अनुसार फिल्मको रिलिज हुने मिति १३ फागुन तोकिएको हो । ‘प्रेम गीत ३’ फिल्म नेपालसँगै भारतमा पनि हिन्दी भाषामा एकसाथ रिलिज हुने भएको छ । जसका लागि भारतीय वितरकसँग कुराकानी भइरहेको सन्तोष सेनले जानकारी दिनुभयो ।

‘प्रेम गीत ३’ हिन्दी भाषामा केही अगाडि डबिङ सकिएको हो । फिल्मको हिन्दी भाषामा डबिङ बाहुबलीका कलाकारहरुले गरेका थिए । २ सय वर्ष अघिको प्रेम काहानीलाई पर्दामा उतारेको फिल्म ‘प्रेम गीत ३’ स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्नुभएको हो । छेतेन गुरुङ र लेखक मन्दिप गौतमको फिल्मका निर्माता सन्तोष सेन र सहनिर्माता कुमारसान शाह र ओएसआर डिजिटल हुनुहुन्छ ।

फिल्ममा प्रदीप खड्का, कृष्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, सन्तोष सेन, माओत्से गुरुङ, प्रेम पुरी, नवनायक मनिष रावत, अनुभव रेग्मी, सुजल बस्नेत, सम्बृद्धि शाही ठकुरी, योगिसा खत्री, लक्ष्मी वर्देवा, क्रिजल गौतम लगायत अन्य कलाकारको मुख्य भूमिका छ ।