काठमाडौं – साताको पाँचौ दिन आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुनको मूल्य तोलामा एक सय रुपैयाँले ओरालो लागेर ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

इसैगरी तेजाबी सुनको मूल्य पनि तोलामा एक सय रुपैयाँले नै घटेर ९१ हजार २ सय रुपैयाँमा कारोबार भइहरेको छ । यस्तै चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ । चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।