स्वीडेनको इतिहासमा पहिलो महिला प्रधानमन्त्री बनेकी माग्दालिना एन्डर्सनले १२ घण्टा नबित्दै राजीनामा दिएकी छिन् । प्रधानमन्त्री बनेकी सोसल डेमोक्र्याटिककी माग्दालिनाले गठबन्धन भङ्ग भएपछि पद सम्हालेको १२ घण्टा पनि नहुँदै राजीनामा दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सरकार केही घण्टामै ढलेसँगै स्वीडेन फेरि राजनीतिक अस्थिरतातर्फ धकेलिएको छ । गठबन्धनमा रहेका सहयोगी दलले साथ छोडेपछि बजेट पास हुन सकेन र एन्डर्सन राजीनामा दिन बाध्य भइन् । संसदनमा एन्डर्सनले ल्याएको नभई विपक्षीले ल्याएको बजेटका पक्षमा बढी मत खसेको हो । विपक्षीको बजेटमा आप्रवासीविरोधी व्यवस्था छ ।

संसदलगत्तै एन्डर्सनले सभामुखलाई आफूले राजीनामा दिने जानकारी गराएको बताएकी थिइन् । उनले आफू एक दलकै बहुमतमा पुनः प्रधानमन्त्री बन्ने आशा रहेको बताएकी छन् ।